२०७६ फागुन २८ ;विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण मनोरञ्जन दुनियाँलाई पनि असर परेको छ । हलिउड र बलिउडका रिलिज हुन लागेका चलचित्रहरु धमाधम पछि सरेका छन् । यसको असर नेपाली चलचित्र बजारमा पनि परिरहेको छ ।
चैत्रको ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ ।निर्माणपक्षले कोरोनाको त्रासकै कारण चलचित्र पछि सार्नुपरेको बताएको छ ।