• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना


  •     / २०७६, २८ फाल्गुन बुधबार ०६:२२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     फागुन २८ –  विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना छ । मिस वर्ल्ड प्रतियोगिता आयोजकले नेपालमा प्रतियोगिता आयोजना गर्न सके ऐतिहासिक हुने जनाएका कारण मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भना रहेको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारका अनुसार अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले नेपाल मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न उचित देश रहेको बताएका थिए ।

    “नेपालको हिमाल, ऐतिहासिक पक्ष तथा सुन्दरताबाट मोहित भएर उहाँहरू नेपालमा मिस वर्ल्ड प्रतियोगिता गर्न सकिने भन्दै फर्किनु भएको छ,” हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले भने, “मिस वर्ल्ड नेपालमा आयोजना गरे प्रतियोगिताको इतिहासमै महत्पूर्ण हुन्छ भनेर फर्किनुभएको छ ।”उनले यो वर्षको मिस वर्ल्ड प्रतियोगिता नेपालमै हुने प्रवल सम्भावना रहेको बताए । यसका लागि जुलिया र स्टिभले तीन हप्ताभित्र प्रतियोगिता आयोजनाका लागि आवश्यक ‘रिक्वारमेन्ट’ पठाउने बताएका छन् ।

    “लन्डन पुगेपछि तीन हप्ताभित्रमा प्रतियोगिता आयोजनाका लागि रिक्वायरमेन्ट के–के चाहिन्छ, त्यो पठाउने जुलिया र स्टिभले बताउनु भएको छ,” अध्यक्ष राजकर्णिकारले भने, “उहाँहरूले रिक्वायरमेन्ट पठाइसकेपछि हामी सरोकारवाला पक्षहरूसँग छलफल गरेर जवाफ पठाउने छौं ।रिक्वायरमेन्टमा नेपालले प्रदान गर्न सक्ने सुविधा सम्पन्न होटल, उपयुक्त स्थान, साउन्ड सिस्टम, सुरक्षा आदि पर्छन् ।१३० देशका सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भने उनीहरूलाई आयोजकले एक महिना वृत्तिविकासका लागि तालिम दिन्छ । उक्त तालिम प्रतियोगिता आयोजना गर्ने देशमै हुन्छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज सुनको मूल्यमा गिरावट
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    बेनीमा खानेपानी कार्यालय स्थापना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आज सुनको मूल्यमा गिरावट

    • २. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ३. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ४. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ५. बेनीमा खानेपानी कार्यालय स्थापना

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.