२८ फागुन, गुल्मी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न गुल्मीका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएका छ । जिल्ला सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कोरोना भाइरसबाट बच्न सचेतना कक्षा सञ्चालन गरिएको हो ।रेसुङ्गा नगरपालिक स्वास्थ्य शाखाको कर्मचारीहरुले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारी मुलक सन्देश दिएको विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले जानकारी दिइन् ।