• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

मन्त्रीपद सँग राजधानी सट्टाबाजी गर्ने सांसदको राजनीतिक अस्तित्व पनि सती जान्छ


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement


    पोसकान्त पोखरेल फागुन २८, रुपन्देही/प्रदेश नं. ५ को सरकारले तामझामका साथ यहि फाल्गुनको पहिलो साता प्रदेश स्थापना दिवस मनाएको छ । प्रदेश सरकारले दोश्रो प्रदेश स्थापना दिवस मनाईरहँदा प्रदेश सरकारका बारेमा धेरै नकारात्मक र थोरै सकारात्मक टिकाटिप्णीहरु भए । दुई बर्ष सम्म प्रदेशको नामांकन र स्थायी मुकाम तोक्न नसक्ने प्रदेश सरकारले काम भन्दा धेरै हो–हल्ला गरेको आवजहरु पनि उत्तिकै सुनियो ।

    प्रभावकारी योजना ल्याएर काम गरेको देखाउने अवस्था नदेखिएपछि यतिबेला प्रदेश सरकार छट्पटाई रहेको छ । त्यसमा पनि प्रदेशको नामांकन र स्थायी राजधानीको विषय पेचीलो बन्दा प्रदेश नं. ५ को सरकारका भान्से अर्थात मुख्यमन्त्री संकर पोखरेललाई ठुलो धर्म संकट परेको छ ।

    “खाउ भने कान्छा बाउको अनुहार, नखाउ भने दिनभरीको सिकार” जस्तै भएको छ । चुनावमा प्रदेशको राजधानी दाङ बनाउँछु भनेर घोषणा गर्नु र राजधानी बनाउन नसक्नु महाप्रलय नै प्रमुख हो । रुपन्देहीमा राजधानी राख्न स्वीकार गरे राजनीतिक अस्तित्वका साथै दाङबाट चुनावमा लड्ने आधार सकिन सक्छ । राजधानी र नामांकनको विषयमा नबोल्ने हो भने मुख्य एजेण्डा नै त्यहि बनेको छ । सधै सकेन र गरेन भन्छन् ।

    नेकपा निकट एक नेताका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयका दुई मन्त्रीलाई फेर्ने कुरा यस अघिनै आन्तरिक छलफलको एजेण्डा बनेको थियो । तर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी मन्त्री आरती पौडेललाई हटाउँदा मुख्यमन्त्री संकर पोखरेलको दाङ स्थायी राजधानी तोक्ने योजनामा दुखाईको ठेस लाग्ने र उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयका मन्त्री लिला गिरीलाई हटाउँदा राजनीतिक सतहमा हलचल आउने देखिएपछि मुख्यमन्त्री पोखरेलको प्रदेशको राजधानी दाङ सार्ने योजना सफल बनाउन नयाँ नयाँ रणनैतिक बाटोको आन्तरिक छलफलमा जुटे ।

    सोही अनुरुप प्रदेश सभामा दुईतिहाई पु¥याएर रुपन्देही राजधानी राख्न सहमति जनाउने सांसदहरुलाई दाङको पक्षमा पार्न पदीय चारोको रणनीति बन्यो । उक्त रणनीतिमा उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजन गर्ने, आफूले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिने । सहरी विकास नयाँ मन्त्रालय बनाएर अर्को एक सांसदलाई मन्त्रालयको जिम्मेवारी दिने र रुपन्देहीलाई सहमति जनाउने प्रतिपक्षका केही सांसदलाई पनि दाङको पक्षमा पार्न के गर्दा उपयुक्त सम्बोधन गरेर राजधानी सार्ने तयारी छ ।

    मुख्यमन्त्री पोखरेलको पछिल्लो रणनीतिमा प्रदेश नं. ५ का तीन सांसदहरु चर्चाको पात्र बनेका छन् । राजधानी सँग मन्त्रीपदको सौदाबाजी गर्ने चर्चामा रहेका प्यूठान निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका पूर्व एमाले निकट हरि प्रसाद रिजाल, अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका पूर्व एमाले निकटका चेतनारायण आचार्य र कपिलबस्तु निर्वाचन क्षेत्र १ (१)बाट निर्वाचित पूर्व एमाले निकटका विष्णु पन्थी रहेको श्रोतको दाबी छ । श्रोतका अनुसार रुपन्देही र दाङको विकल्पको रुपमा कपिलबस्तु प्रदेशको राजधानी राख्नु उपयुक्त हुन्छ भन्ने असफल प्रयास गर्ने विष्णु पन्थी प्रदेश सरकारको स्थापना हुने समयमा आफू ढुक्क अर्थमन्त्री बन्ने आफू निकटका व्यक्तिहरुलाई प्रचार गरेका थिए ।

    तर भने अनुसारको नभएपछि सुरु देखिनै अर्थमन्त्रीमा लविङ गरिरहेका पन्थीलाई मौकामा चौका हान्ने अवसर मिलेको छ । कपिलवस्तु प्रदेशको राजधानी त कुनै पनि हालतमा हुँदै हुन्न भन्ने थाहा हुँदा हुँदै पनि मन्त्री बन्न कै लागि उनले दाङको पक्ष लिन सक्दछन् । कपिलबस्तुलाई दाङ र रुपन्देही जता भएपनि खासै असर नपर्ने हुँदा उनलाई मुख्यमन्त्रीको अफर सुरुमा आफैले गरेको असफल प्रयासमा मल्हम लगाउने गतिलो औषधी बन्न सक्छ ।

    प्यूठानका हरिप्रसाद रिजाल र अर्घाखाँचीका चेतनारायण आचार्यलाई मन्त्रीपद सँग राजधानीमा सती गए महङ्गो सावित हुने छ । जसरी मुख्यमन्त्री संकर पोखरेलले आफ्नो धर्मसंकटलाई टार्ने योजना अनुरुप तयार गरेको तन्त्रमन्त्र सहितको बुटी लगाए बुटीले वर्तमानमा फाईदा गरेतापनि दीर्घकालिन रुपमा राजनीतिक अस्तित्वलाई धरापमा पार्दछ । अघाँखाँची र प्यूठानका जनताहरुको प्रदेश नं. ५ को राजधानी रुपन्देही हुनु पर्ने चाहना छ । जनताको चाहना एकातिर नेताको योजना अर्कोतिर भए जनताले गरेको अमूल्य मतको महत्व नै के रह्यो र ? त्यो भनेको आफ्नो फाईदाको लागि जनताको गला रेट्नु बराबर हो । त्यसले जनता मेरा लागि केही होईनन् भन्ने भाव दर्शाउँछ । तीनै जनताको मतबाट निर्वाचित भएर तिनै जनताको विपक्षमा सौदाबाजी गरे भोलीको लागि राजनीतिक अस्तित्व सखाप हुने कुरामा दुईमत छैन । त्यो भनेको जुन थालमा भात खायो त्यही थालमा शौच गर्नु जस्तै हो ।

    भोलीका दिनहरुमा निर्वाचित भएर र जनताको मन जित्दै गए प्रदेशको मन्त्री त कति पाईन्छ पाईन्छ, मुख्यमन्त्री बन्न पनि बेर लाग्दैन । राम्रा कामहरु गर्दै गए त्यसले केन्द्रिय राजनीतिमा पनि स्थापित बनाउन सफल भई प्रदेशलाई हेर्ने जिम्मेवारी पनि पाउन सकिन्छ । तीन बर्षको लागि मन्त्री बनेर चुनावमा जनताको झापड खानेकी थप शसक्त रुपमा राजनीति गरेर जनताको मनजित्दै अवसरले आफूलाई खोज्ने बातावरण बनाउने त्यो माननीयकै हातको कुरा हो । अहिले सौदाबाजी गरे आगामी चुनावमा हार निश्चित छ । मुख्यमन्त्रीको स्वार्थ पुर्तीको लागि पदीय लालचमा मोहरा (गोटी) बन्नु कदापी हुँदैन ।

    सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका सुदर्शन बराल प्रदेश नं. ५ का मन्त्रीहरुमा बढी सक्रिय रहेका मन्त्रीको रुपमा चिनिन्छन् । नेता बर्षमान पुनको आर्शिवादले प्रदेशको मन्त्री बनेको चर्चामा रहेता

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    लुम्बिनी प्रदेशसभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
    माओवादी नेता माधव सापकोटा वाईसिएलको जिल्ला सम्मेलनमा सहभागी हुन प्यूठान आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.