२०७६ फागुन २९;यदि तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुुनुहुन्छ भने तपाईंले विभिन्न कुराहरु संग-संगै शिशुलाई कसरी बोक्ने अथवा समाउने भन्ने बारेमा पनि थाहा पाउन आवश्यक छ ।तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुनुहुन्छ भने शिशुलाई बोक्ने काम तपाईंका लागि झन् धेरै कठिन हुन्छ । बच्चालाई बोक्दा बच्चा चिप्लिएर लड्ने र चोटपटक लाग्ने पो हो कि भन्ने डर लाग्छ । यस प्रकारको डर स्वभाविक पनि हो ।
बच्चालाई बोक्ने उपयुक्त चार पोजिशनहरु
क्याडल होल्ड;बच्चा बोक्नका लागि क्याडल होल्ड सबैभन्दा सजिलो तरिका हो । दायाँ हातले बच्चाको गर्दन र टाउकोको तलबाट सपोर्ट दिनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो कुहिनामा राखेर बायाँ हातले बच्चाको हिपलाई हल्का तरिकाले उठाउनु पर्छ । त्यसपछि बच्चालाई छातीमा टाँसेर राख्नु पर्छ ।
शोल्डर होल्ड;यो पोजिशन बच्चालाई सुताउनका लागि राम्रो मानिन्छ । एउटा हातले बच्चाको गर्दन र टाउको एवं अर्को हातले हिपलाई सपोर्ट गरेर उठाउनु पर्छ र बच्चालाई आफ्नो काँधको समानान्तर ल्याउनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो काँधमा राख्ने र गर्दन, हिपलाई अर्को हातले साहारा दिनु पर्छ ।
ल्याप होल्ड;बच्चालाई उठाउनाका लागि यो सबैभन्दा सजिलो पोजिशन हो । कुर्सीमा बसेर आफ्नो बच्चालाई काखमा लिनु पर्छ । बच्चाको टाउको तपाईंको घुँडामा हुनु पर्छ । दुबै हातले बच्चाको टाउकोलाई साहारा दिनु पर्छ । बच्चाको खुट्टा तपाईंको कम्मर नजिक हुनु पर्छ ।
बच्चालाई बोक्दा यी कुराहरुमा ध्यान दिनु पर्छ
-राम्रोसंग हात सफा गर्नु पर्छ
-सजिलोसंग बच्चालाई उठाउनु पर्छ
-सपोर्ट दिनु पर्छ
-आफ्नो तरिका अनुसार नै उठाउनु पर्छ