फागुन २९ – एउटै कुराको त्रास बढेको छ, त्यो हो कोरोना भाइरस । यसले चार हजार भन्दा धेरै मानिसहरुको ज्यान लिसकेको छ भने एक लाख २० हजार मानिसहरु यसको संक्रमणले अस्पतालमा भर्ना भएका छन् । हिजोआज कोरोना भाइरसको डरले मानिसहरुको जनजीवन अत्यन्त प्रभावित भएको छ ।यसले समस्त देशको अर्थतन्त्रलाई गहिरो प्रभाव पार्न थालेको छ ।
कोरोना भाइरस र फ्लूको लक्षण देख्दा एउटै भएता पनि यो दुवै अलग जातीका भाइरसहरु हुन् । कोविड-१९ एउटा नोवेल कोरोना भाइरस हो, जसका बारेमा सन् २०१९ मा थाहा भएको थियो, जुन यो भन्दा पहिला कहिले मानिसमा देखिएको थिएन । त्यस्तै इन्फ्लुएन्जा भाइरसको बारेमा धेरै वर्ष पहिला थाहा भएको थियो । विशेषज्ञहरुका अनुसार कोरोना भाइरस इन्फ्लूएन्जा र दोस्रो अन्य भाइरसको तुलनामा तिव्रताका साथ फैलिएको छ ।रुघा-खोकीसंगै ज्वरो, अत्यन्त थकान, पूरा शरीर दुख्ने र जाडो लागेर कम्प हुनु फ्लूको लक्षण हुन् ।
वास्तवमा यिनीहरुको लक्षण देखिन कति समय लाग्छ भन्ने कुरा फरक हुन्छ । जब तपाईं फ्लूको भाइरसबाट संक्रमित हुनु हुन्छ, त्यो समयमा यसको लक्षण दुईदेखि ती दिन भित्र देखिन्छ भने कोरोना भाइरसको लक्षणहरु दुईदेखि चौध दिनसम्मको समय लाग्न सक्छ ।एकातिर डाक्टर र वैज्ञानिकहरु नोवेल कोरोना भाइरसको बारेमा अहिले पनि सर्वेक्षण गरिरहेका छन् भने अर्कोतिर फ्लू पनि संसारमा सबैभन्दा ठुलो स्वास्थ्य जोखिमहरु मध्येको एक हो । यिनीहरुको उपचार गर्ने तरिकामा पनि धेरै फरक छ । एकातिर फ्लूको भ्याक्सिन र औषधिहरु उपलब्ध छन् भने कोरोना भाइरसको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन ।