• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

केकी अधिकारीले आप्नो बाबासङ के कुरा खोलिन


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    २९ फागुन – जीवनमा म के कामका लागि जन्मेको हुँ भन्ने बेलैमा थाहा पाउन सक्नुपर्छ। कहिलेकाहीँ आफूलाई चिन्न ढिला हुन्छ। ढिलै भए पनि आफूभित्र रहेको खुबी, सीप, क्षमता र रुचिलाई चिनेर दत्तचित्त भई निरन्तर लाग्दा एकदिन अवश्य सफल भइन्छ।भाइबहिनी हो, मेरो नाम केकी अधिकारी हो। नेपाली चलचित्र र फिल्म हेर्ने गरेका छौ भने पक्कै मलाई चिन्छौ होला। आज तिमीहरूसँग आफ्नो बाल्यकालबारे कुराकानी गर्न पाउँदा मलाई निकै खुशी लागेको छ।आफ्नै विद्यालय भएकोले मैले सानै उमेरदेखि विद्यालय जाने मौका पाएँ। तीन वर्षको उमेरमा कक्षा १ मा भर्ना भएपछि मेरो औपचारिक शिक्षा सुरु भयो। म पढाइमा राम्रो थिएँ।

    लयमा साथीहरू कमै हुन्थेँ। हुन त मेरो आफ्नै विद्यालय भएर पनि होला। बरु साथीहरूले मलाई जहिले पनि कक्षामा पहिलो र दोस्रो भएको देखेर ‘यसकै विद्यालय हो, पेपर आउट हुन्छ’ भनेर आरोप लगाउँथे। यसले मेरो चित्त दुख्थ्यो। तर, म घरमा धेरै नै मेहनत गरेर पढ्थेँ। पढाइबारे साथीहरूले जे भने पनि मैले अतिरिक्त क्रियाकलाप जस्तै: नृत्य, अभिनय आदिमा भाग लिन्थे र त्यसमा पनि जित्थेँ। यसैगरी टेबलटेनिस, चेस, कराँते, उस्सु पनि उत्तिकै खेल्थेँ।यसरी कक्षा ९ सम्म पढेँ। अब एसएलसीमा मैले साथीहरूलाई कक्षा ९ सम्म म आफ्नै मेहनतले पहिलो हुन्थेँ भनेर प्रमाणित गर्ने अग्नि परीक्षाका रूपमा लिएँ। अवसरको रूपमा लिएँ। किनभने पहिलो पटक बाहिरबाट आएको पेपरको परीक्षा दिने मौका मिल्दै थियो। नभन्दै मैले डिस्टिङ्कसन ल्याएँ। मेरो विद्यालयबाट पहिलो पटक २०६२ सालमा डिस्टिङ्सन ल्याएर पास हुने म नै भए।

    पढाइमा राम्रो भएपछि डाक्टर, इन्जिनियर नै हुनुपर्छ भन्ने सोच सबैले राख्ने रहेछन्। मैले पनि त्यही सोच्थेँ। यही सोच लिएर बानेश्वरस्थित हिमालयन ह्वाइट कलेजमा फुल स्कलरसिपमा बायोलोजी विषय लिएर ‘प्लस टु’ पढ्ने मौका पाएँ। प्लस टु सकिसकेपछि एकदिन पत्रिकामा नेपाल टेलिभिजनबाट भएको ‘घिन्ताङ’ नामको डान्स रियालिटी सोको विज्ञापन देखेँ। आमालाई सोधेर उक्त नृत्य प्रतियोगितामा भाग लिएँ। उक्त प्रोग्रामका निर्देशकलाई मेरो नृत्य मन परेपछि एउटा म्युजिक भिडियोको लागि अफर गरे।डाक्टर बन्ने सपना छोडेर कलाकारितातिर लागे। यहीबाट मेरो कलाकारिता यात्रा सुरु भयो। त्यसपछि मैले विज्ञान विषय छोडेर प्राइम कलेजबाट इन्फरमेसन म्यानेजमेन्टमा स्नातकोत्तर गरेँ। त्यसैगरि एमबीए प्रेसिडेन्सियल कलेजबाट गरेँ। यसरी नै मैले कला यात्रामा लागे पनि पढाइ भने बिगारिनँ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.