• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्ग किन बन्द गरियो ?


  •     / २०७६, २९ फाल्गुन बिहीबार ०७:५० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     फागुन २९ – नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । नेपालले भारतीय नागरिक स्थलमार्गबाट छिरेको अवस्थामा भने पर्यटक मान्दैन ।भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

    यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।नियमित यात्रुमाथि लागेको प्रतिवन्धले अब भारततर्फको समग्र यात्रा नै प्रभावित हुने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए ।‘स्थलमार्ग त अब ठप्प नै हुने भयो’, उनले भने, ‘सबै देशका नागरिक भारत छिर्न नपाउने भनेपछि अब हवाई यात्रा समेत प्रभावित हुनेछ ।’

    भारतले नेपाली यात्रुको हकमा कुन कुन शर्त राखेको छ भन्नेबारे बुझ्न नेपाली पर्यटन व्यवसायीले दूतावासमा छलफलको तयारी गरिरहेका छन् ।भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।फेब्रुअरी महिनामा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    चार सय रुपैयाँले बढ्यो सुनको भाउ
    राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ४. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.