• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्ग किन बन्द गरियो ?


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     फागुन २९ – नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । नेपालले भारतीय नागरिक स्थलमार्गबाट छिरेको अवस्थामा भने पर्यटक मान्दैन ।भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

    यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।नियमित यात्रुमाथि लागेको प्रतिवन्धले अब भारततर्फको समग्र यात्रा नै प्रभावित हुने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए ।‘स्थलमार्ग त अब ठप्प नै हुने भयो’, उनले भने, ‘सबै देशका नागरिक भारत छिर्न नपाउने भनेपछि अब हवाई यात्रा समेत प्रभावित हुनेछ ।’

    भारतले नेपाली यात्रुको हकमा कुन कुन शर्त राखेको छ भन्नेबारे बुझ्न नेपाली पर्यटन व्यवसायीले दूतावासमा छलफलको तयारी गरिरहेका छन् ।भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।फेब्रुअरी महिनामा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.