
फागुन २९,बीबीसी । इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ ।रुगानीलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्देशन दिएको छ ।