फागुन २९, २०७६ नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठले आज विवाह बन्धनमा बाँधिदैछन्। उनीहरुको विवाह काठमाडौँको एक पाँच तारे होटलमा हुँदैछ। उनीहरुले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए।
विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो। आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्। यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।