कपिलवस्तु ,२९ फागुन धीरज काेरी कपिलवस्तु जिल्लामा २ लाख घुस सहित एक जना कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए । कपिलबस्तु नगरपालिका वडा १ गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ ।