३० फागुन – श्रीलंकाको प्रसिद्ध ब्रान्ड कुमारीका र बेबी शेरामी नेपाल भिœयाइएको छ । फागुन २३ मा विशेष समारोहबीच यी दुई ब्रान्ड नेपाल भिœयाएको घोषणा गरिएको हो ।पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोयल जोसेफ र उक्त ब्रान्डका आधिकारिक वितरक हजुरलाई नमस्ते ट्रेड लिंकका अध्यक्ष ताराबहादुर कुँवरले कपाल र बालबालिकाका हेरचाहका लागि अत्यावश्यक बहुचर्चित ब्रान्ड नेपाली उपभोक्ताको सहज पहुँचमा आएको बताए ।
हेमाज होल्डिङ श्रीलंकाको ७० वर्ष पुरानो कम्पनी हो जसअन्तर्गत फास्ट मुभिङ कन्जुमर गुड्स, यातायात, स्वास्थ्यलगायत विभिन्न कम्पनी आबद्ध छन् । हेमाज म्यानुफ्याक्चरिङले बेबी केयर, ओरल केयर, स्किन केयर, हेयर केयर, अत्तर तथा स्यानिटरी न्याप्किन्स उत्पादन गर्दै आएको छ ।