
३० फागुन – सुरुमा कोरोना भाइरस देखा परेको चीनको वुहानमा संक्रमितको संख्या घटेर एकोहोरो अंकमा पुगेको छ ।वुहानमा कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको हो । उक्त सहरमा लगातार दोस्रो दिन संक्रमित हुनेको संख्या १० भन्दा तल झरेको छ ।समाचार अनुसार शुक्रबार वुहानमा ५ जना मात्रै भाइरसबाट संक्रमित भएका छन् । बिहीबार पनि संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको थियो । हिजो ८ जनामा नयाँ संक्रमण देखिएको वुहानका अधिकारीहरूले बताएका छन् ।
त्यस्तै हुबेइ प्रान्तका अन्य शहरमा पछिल्लो ८ दिनयता कोरोनाका नयाँ विरामी फेला परेका छैनन् । पछिल्लो विवरण अनुसार चीनमा नयाँ भाइरस स्थानीय रुपमा फैलिन बन्द गरेको छ । विदेशबाट आएका व्यक्तिमा मात्रै नयाँ संक्रमण देखिन थालेको छ ।हालसम्म चीनमा मात्रै कोभिड-१९ बाट ८० हजार ८ १३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।कोरोना भाइरसबाट चीनको अर्थतन्त्र ठप्प हुन पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा जनवरीदेखि संकट देखिन थालेको हो । त्यहाँको सरकारले भाइरस नियन्त्रणका लागि यात्रा प्रतिबन्ध लगाएको छ भने मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।एजेन्सी