• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोनालाई जित्दै चीनः संक्रमितको संख्या ह्वात्तै घट्यो


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    ३० फागुन –  सुरुमा कोरोना भाइरस देखा परेको चीनको वुहानमा संक्रमितको संख्या घटेर एकोहोरो अंकमा पुगेको छ ।वुहानमा कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको हो । उक्त सहरमा लगातार दोस्रो दिन संक्रमित हुनेको संख्या १० भन्दा तल झरेको छ ।समाचार अनुसार शुक्रबार वुहानमा ५ जना मात्रै भाइरसबाट संक्रमित भएका छन् । बिहीबार पनि संक्रमित हुनेको संख्या घटेर एकोहोरो अंकमा पुगेको थियो । हिजो ८ जनामा नयाँ संक्रमण देखिएको वुहानका अधिकारीहरूले बताएका छन् ।

    त्यस्तै हुबेइ प्रान्तका अन्य शहरमा पछिल्लो ८ दिनयता कोरोनाका नयाँ विरामी फेला परेका छैनन् । पछिल्लो विवरण अनुसार चीनमा नयाँ भाइरस स्थानीय रुपमा फैलिन बन्द गरेको छ । विदेशबाट आएका व्यक्तिमा मात्रै नयाँ संक्रमण देखिन थालेको छ ।हालसम्म चीनमा मात्रै कोभिड-१९ बाट ८० हजार ८ १३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।कोरोना भाइरसबाट चीनको अर्थतन्त्र ठप्प हुन पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा जनवरीदेखि संकट देखिन थालेको हो । त्यहाँको सरकारले भाइरस नियन्त्रणका लागि यात्रा प्रतिबन्ध लगाएको छ भने मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।एजेन्सी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.