फागुन ३० – नायिका आँचल शर्माले बिहीबार प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरिन्। दुबैले हिन्दू परम्परा अनुसार विवाह गरेका थिए। बुढानिलकण्ठमा रहेको होटल पार्क भिलेजमा उनीहरुलाई आशिर्वाद दिन आफन्त र शुभेच्छुकहरु पुगेका थिए।
दुबै एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। लामो समय आँचलको नाम नायक पल शाहसँग जोडिएको थियो। एक वर्ष अगाडि मात्रै आँचलको प्रेमी श्रेष्ठ रहेको खुलेको थियो।