• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एन आई सी एशिया बैंकले ल्यायो यस्तो योजना


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन ३० – एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यू आर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ।यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहकहरूले एक हजार पाँच सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन्। साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन्। यो योजना अन्तर्गत ग्राहक तथा मर्चेन्टले यही चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ।

    बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिने जनाएको छ। यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु-याउने बैंकले विश्वास लिएको छ।एन आई सी एशिया बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू आफ्ना ग्राहक सामु नियमित रुपमा ल्याइरहेको छ।

    जस्तै, प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा एक सय रूपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा एक हजार रूपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा पाँच सय रूपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा दुई हजार रूपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी भाग्यमानी ग्राहकहरूले एक हजार रूपैयाँसम्मको नगद उपहार लगायत विभिन्न योजनाहरू बैंकले सञ्चालन गरिरहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.