काठमाडौँ । नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ फागुन २९ गते विवाह बन्धनमा बाँधिएका छन्। हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा बिबाह गरेका हुन्।उनीहरुले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए। विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो।
आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्। यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो। आँचलले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना विवाहका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन्। उनले तस्वीर सार्वजनिक गर्दै क्याप्सनमा सदाका लागि आफूले प्रेम पाएको बताएकी छिन्। उक्त तस्वीरमा दुबै जना निकै खुसी देखिन्छन्।