• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रोनाल्डोले आफ्ना होटललाई बनाए अस्पताल


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

     चैत २, काठमाडौं- पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्ना होटल/रेस्टुरेन्टलाई अस्पतालमा रुपान्तरण गरेका छन्। जसमा कोरोना भाइरस संक्रमितको सित्तैमा उपचार हुने बताइएको छ।कोरोनाको संक्रमण फैलँदै जाँदा विश्व खेलकुद गतिविधि प्राय ठप्प छन्। ठूला लिग फुटबलहरु रोकिएका छन्। केही खेलाडी र प्रशिक्षकमा नै कोरोना देखिएपछि क्वारेन्टाइनमा राखिएको छ।यस्तोमा रोनाल्डोले पोर्चुगलमा रहेका आफ्ना होटलमा कोरोना संक्रमितको सित्तैमा उपचार गर्ने बताएका हुन्। डाक्टर र औषधीमा लाग्ने खर्च पनि रोनाल्डो आफैले ब्यहोर्ने स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।

    रोनाल्डोले सामाजिक सञ्जालमा सबैका लागि कोरोनाको जोखिममा एकजुट भएर सामना गर्न आग्रह पनि गरेका छन्।

    ‘विश्व अहिले निकै अप्ठ्यारो अवस्थामा छ। यस्तोमा सबैको ध्यान र सुरक्षा त्यसैमा रहनुपर्ने देखिएको छ। अहिले म तपाइँहरुसँग फुटबल खेलाडीका रुपमा होइन, तपाइँहरुको छोरा, बुबा अझ भन्दा एक मानिसका रुपमा बोलिरहेको छु। विश्वमा नै असर परिरहेको यो अवस्थामा हामीले विश्व स्वास्थ्य संगठनले भनेका कुराहरु र नियामक निकायका अनुरोधहरु मान्नुपर्छ। मानिसको जीवन रक्षा गर्नु अरु कुनै पनि विषयभन्दा अघि हो। जसले आफ्नो परिवारका नजिकका मान्छे गुमाएका छन् उनीहरुलाई मेरो साथ छ। जो यो भाइरसविरुद्ध लडिरहेका छन् उनीहरुलाई मेरो साथ छ। संक्रमण देखिएका मेरो टिमका साथी ड्यानियल, उपचारमा संलग्न स्वास्थ्यकर्मी र यसबाट बाहिर निस्कने प्रयास गरिरहेका सबैलाई मेरो साथ सहयोग रहनेछ’ उनले भनेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.