• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन तोडियो पाँच दशक पुरानो प्रेम ! ७२ वर्षीय वृद्ध हिरासतमा


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    २ चैत, विराटनगर महानगरपालिका – १२ का ७२ वर्षीय परण ऋषिदेवलाई मदिरा सेवन गर्नु दैनिकी जस्तै थियो ।जीवनको उतरार्धमा मजदुरी गरेर गुजारा चले कै थियो । तर फागुन २६ गतेयता उनी श्रीमती हत्या आरोपमा प्रहरी हिरासतमा छन् । मदिरा कै कारण भएको विवादमा ७० वर्षीया श्रीमती सगुत्रीको कुटपिटपछि हत्या गरेको आरोप परणमाथि छ ।करिब पाँच दशकअघि विवाह गरेका परण र सगुत्रीबीच परिवारमा सामान्य झगडा चलिरहन्थ्यो । मुसहरी टोलको अति बिपन्न परिवारका परण र सगुत्रीबीच झगडा हुनु सामान्य जस्तै थियो । सगुत्री अशक्त थिइन् । विवाद भइरहने भएपनि उनको हेरचाह मजदुरी गरेर परणले गरे कै थिए ।पाँच सन्तान मध्ये दुई छोरीले विवाह गरिसकेका छन् । विवाहपछि छुट्टिएका तीन छोराहरुको घरपनि सँगै छ ।

    प्यारालाइसिसका कारण तीन वर्षयता घरमै थलिएकी सगुत्रीपनि मापसेकर्ता हुन् । तर होलीमा उनले मदिरा सेवन गर्न पाइनन् । तर, परण मदिराले लट्ठ थिए । चाड पर्वमा सगुत्रीले मदिरा मागेपनि उनले ल्याएनन् । मदिरा नपाएपछि दुई जनाबीच सामान्य भनाभन भयो । आगनमा रहेको दाउराले परणले सगुत्रीमाथि प्रहार गरे ।दाउराले प्रहार गर्दा सगुत्री आगनमा लडिन् । श्रीमती लडेपछि परण बाहिर निस्किए । घरका सदस्य काममा गएका थिए । श्रीमानले दाउरा प्रहार गर्दा लडेकी सगुत्री उठिनन् । बेलुका मात्र उनको मृत्यु भएको खबर प्रहरीमा पुग्यो । बेलुका पुगेको प्रहरीले परणलाई मदिराको नसामै रहेको अवस्थामा पक्रउ गरेको थियो ।आमाको काम गरिरहेका उनी बुबा पनि हिरासतमा बसेपछि गाह्रो भएको बताउँछन् ।

    ठेला कुदाएर गुजारा गरिरहेका उनले काममा जान नपाएका कारण गुजारा गर्न गाह्रो भएको बताए ।‘पहिले पनि बुबा आमाले मदिरा खानुहुन्थो,’ उनले भने, ‘ आज यस्तो भयो ।’आमाको मृत्युबारे जेठी छोरी सुकुनीले दुई दिनपछि मात्र जानकारी पाएकी थिइन् ।सुनसरीको बर्जु गाउँपालिका–१ घरबाट माइत आएकी उनले हिरासतमा रहेका बुबालाई भेटिन् । बुबाले आफूले मदिराका कारण होस गुमाएको भन्दै छोरीसँग माफी मागे । घर झगडा सामान्य थियो । तर आफ्नो उदेश्य गलत नभएको बताउँदै बुबा रोएको सकुनीले बताइन् ।अति विपन्न समुदायको ऋषिदेव परिवारले मदिराले निम्त्याको विपतीको सामना गरिरहेको छ । आमाको मृत्यु संस्कारमा बसेका शुक्रलाई खर्चको पनि अभाव छ ।प्रहरी हिरासतमा रहेका परणमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङमा डीएसपी मानबहादुर राईले जानकारी दिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.