• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन गरिँदैछ प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि ‘खेलवाड’ ?


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

     चैत २- काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई हप्ता अघि दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गाैलाले काम गर्न छाडेपछि गत फागुन २१ गते दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका हुन् । उनलाई अहिले आरामको खाँचो छ ।गत मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको त्यसबेला शरीरमा संक्रमण भएको थियो । उपचारपछि संक्रमण निको भएसँगै फागुन २१ गते मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसअघि डायलासिस गर्दै आएका थिए ।यसरी नियमित उपचार र औषधि सेवन गर्दै आएका प्रधानमन्त्री ओलीको शरीर कमजोर अवस्थामा छ ।

    तर, उनको आत्मबल बलियो छ भन्दैमा शारीरिक अवस्था नहेरी हिँडडुल गराउनु अनुचित रहेको चिकित्सकहरु बताउँछन् । केही हुनुअघि केही नहोस् भनेर सावधानी अपनाउनु पर्छ । तर, प्रधानमन्त्री ओलीलाई केही नै नभएको जस्तो गरेर हिँडाउनेदेखि भेटघाट गराउने कार्य हितकर मान्न सकिँदैन । अंग प्रत्यारोपण गरेपछि रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । तर, प्रधानमन्त्री ओली भेटघाटमा व्यस्त रहन थालेका छन् ।गत शुक्रबार (फागुन ३०) गते प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भए । अस्पताल भर्ना भएको १२औं र मिर्गाैला प्रत्यारोप गरेको १०औं दिनमा डिस्चार्ज हुँदा सामान्य कुरामा पनि ध्यान दिएको देखिएन ।

    सायद प्रधानमन्त्री ओली तन्दुरुस्त रहेको देखाउने कसैको इच्छा हावी भयो होला, तर स्वास्थ्यमाथि खेलवाड गर्नु उचित हुँदैनथ्यो । प्रधानमन्त्री ओलीलाई गाडीमा चढाउन ल्याउँदा हिँडाएर ल्याउनु गलत थियो । अस्पतालभित्रबाट गाडीमा चढ्न आउँदा प्रधानमन्त्री ओली हिँड्न नसकेर झन्डै लडेका थिए । सँगै रहेका अरुले समाएकाले उनी लड्न पाएनन्। तर, लडेको भए प्रधानमन्त्रीको अवस्था के हुन्थ्यो ?प्रधानमन्त्री ओली बिरामी रहेको दुनियाँलाई थाहा छ । उनको स्वास्थ्य लाभको कामना गर्दै आरामको खाँचो रहेको सबैले भनेका छन् । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति सचेत नहुँदै हिँडाउनेदेखि भेटघाट गराउने कार्यमा कसको कुन किसिमको स्वार्थ छ या अन्जान हो । यसबारे प्रधानमन्त्री ओली तथा पारिवारिक सदस्य र उनको सचिवालय सदस्यहरु पनि सजग रहनुपर्छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.