• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘कमेडी च्याम्पियन’को फाइनलमा : खुशि सङै बिरोधि पनि भेटिए


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    २०७६ चैत २ – नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश विजेता बनेका हुन् ।शनिबारको साँझ च्यासलमा रहेको च्याम्पियनको हल भरिदै थियो । आएका दर्शक फरक–फरक प्रतियोगीलाई समर्थन गर्दै सेटमा उपस्थित थिए । सबैमा एउटै चासो थियो, ‘आखिर को बन्छ त कमेडी च्याम्पियन ?’‘कमेडी च्याम्पियन’की संचालिका रीमा विश्वकर्माले बेला–बेला सोधिरहन्थिन्, ‘को बन्ला त कमेडी च्याम्पियन ?’ दर्शकहरुले आफ्नो मनपर्ने प्रतियोगीको नाम लिइरहेका थिए । कार्यक्रमको सुरुवातमा बाहिरिएका केही प्रतियोगीहरुले प्रस्तुपत दिए । टप ३ को पालो अन्तिममा नै थियो ।घडीको सुई बेलुकाको ८ नजिक पुगिसकेको थियो । बल्ल बेला भयो, पहिलो कमेडी च्याम्पियनको नाम सार्वजनिक गर्ने ।

    होस्ट रीमाले निर्माता केकी अधिकारीलाई विजेताको नाम लिएर स्टेज आउन आग्रह गरिन । विजेताको घोषणा गर्ने जिम्मा मह जोडीले पाए । हरिवंशले विजेताको नाम खोले र बोले, ‘बधाई छ सुमन, बधाई छ खबपु र अझै बधाई छ हिमेशलाई । हिमेश बन्नुभयो पहिलो कमेडी च्याम्पियन ।’नाम घोषणा गर्नुपूर्व सुमन, हिमेश र खबपु एक–अर्काको मुटुको चाल नापिरहेका थिए । उनीहरुको उत्साह हेर्नलायक थियो । विजेता घोषणा भइसकेपछि पनि उनीहरु निराश देखिएनन् । हिमेशलाई अंकमाल गरे, बधाई दिए । हिमेशको खुसी उनको मुहारमा प्रष्ट देखिन्थ्यो ।सेट भित्रको रौनक सकियो । दर्शकहरु फटाफट बाहिर निस्किदै थिए । बाहिर भने विरोधको आवाज सुनियो ।खड्ग बहादुरका समर्थकहरु कमेडी च्याम्पियन–मुर्दावाद भन्दै नारा लगाइरहेका थिए । उनीहरुले भोटमा पारदर्शिता नभएको आरोप लगाएका थिए । एक महिला आक्रोशित मुद्रामा भनिन्–‘हामीलाई १२ बजेसम्म भोट गर्न पाउने भनिएको थियो । तर, यहाँ ४ बजेसम्म भोट खुल्ला गरिएछ । यो सरासर धाधली भयो ।’

    केही विरोधकर्ताहरुले खबपुले कती भोट पाए, हेर्न पाउनुपर्ने माग राखिरहेका थिए । ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी अलमलमा थिए । गएर उनीहरुलाई जवाफ दिने वा चुप बस्ने उनी दोधारमा थिए । जज मनोज गजुरेलले विशाललाई रोके र बाहिर निस्किए । गजुरेलले त्यहाँको भिडबाट खबपुको नेतृत्व गर्ने एक व्यक्तिलाई विशालसम्म ल्याए ।त्यहाँ विशालसँग ती व्यक्तिले रिस पोख्दै थिए, ‘लुटको खेती नगर्नुस् न । कसको कती भोट आयो भन्ने अरु रियालिटी शोमा देखाइएको हुन्छ । यहाँ त तपाईहरुले नदेखाई बन्द गरिदिनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.