०२ चैत-छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ। छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने कोशिकाले मेलानिन भन्ने तत्त्व उत्पादन गर्छ। मेलानिन घाम तथा अन्य कृत्रिम प्रकाशमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन छालाको सतहमा फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ। धेरै कम मानिसमा मात्र घामको किरणले पनि मेलानिन सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो। जाडो महिनामा घाममा बढी समय बसिने भएकाले यो मौसममा चायापोतो धेरै देखिन्छ।
तपाईंले आफ्नो अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ। मेलानिन भन्ने तत्त्व आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा पनि असर गर्ने भएकाले लाइटबाट छालालाई जोगाउने उपाय अपनाउँदा मात्र चायापोतोको समस्याबाट बच्न सकिन्छ।