०२ चैत २०७६-चीन बाहेक एपलका पसलहरु मार्च २७ सम्म बन्द गरिने तथा कोरोनाको संक्रमण रोकथाममा मद्धत गर्न १ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने एपलका प्रमुख कार्यकारी टिम कूकले ट्वीटमार्फत जानकारी दिएका छन् । कूकले अनलाइन स्टोर भने खुलै रहने जानकारी दिएका छन् ।सिन्ह्वाका अनुसार चीनमा कोरोना संक्रमण नाटकीय रुपमा सुधार आएका कारण एपलका सबै स्टोर खुला गरिएको छ ।अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।