• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रधानमन्त्रीलाई यस्तो हेरचाह, किन तीन फिट नजिक जान मनाही ?


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

     

    काठमाडौं, २ चैत्र । मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमै निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्माको नियमित निगरानीमा छन् । चिकित्सकहरूकै निगरानीबीच उनले शनिबारबाट नियमित दैनिकीमा फर्किने प्रयास थालेका हुन् ।चिकित्सकहरूले उनलाई एक महिनासम्म अन्य व्यक्तिहरूसँगको सम्पर्कमा नजान तथा कम्तीमा पनि तीन महिनासम्म भिडभाडबाट टाढै रहेर आराम गर्न सुझाब दिएका छन् ।

    ‘एक महिना संक्रमणको बढी जोखिम हुने भएकाले चिकित्सकहरूको सुझाबलाई उहाँले पूरापूर फलो गर्नुहुनेछ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले भने । बालुवाटार फर्किएपछि शुक्रबार बेलुकीदेखि नै उनले पहिलेजस्तै खानपिन गर्न थालेको उनको सचिवालयले जनाएको छ । नेताहरूसँगको भेटका अतिरिक्त केहीबेर पत्रपत्रिका अध्ययनका साथै अनलाइनमार्फत पछिल्ला घटनाक्रमबारे पनि प्रधानमन्त्री ओली नियमित ‘अपडेट’ हुन थालेका छन् ।

    यस्तो छ ‘केयर रुम’ : प्रधानमन्त्री ओलीलाई खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँका लागि छुट्टै बेड राखिएको छ, कुर्चीहरू टाढा राखिएका छन्, छुट्टै विशेष कक्ष बनाइएको छैन,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ मास्क लगाएर बस्नुभएको छ, भेट्ने व्यक्तिहरूले पनि टाढैबाट उहाँसँग माक्स लगाएरै कुराकानी गर्छन् ।’चिकित्सकहरूले कम्तीमा पनि तीन फिट टाढा रहेर मात्र थोरै कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् ।

    बालुवाटारमै नियमित फिजियोथेरापी : प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सकहरूले नियमित ‘फिजियोथेरापी’ पनि गराइरहेका छन् । निजी चिकित्सकहरू दिव्या सिंह र दिलीप शर्मासहित त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रधानमन्त्रीलाई पुरानै दैनिकीमा फर्काउन नियमित थेरापी सुरु गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.