चैत २ नेपाल टेलिभिजनमार्फत्खड्गीको पोस्ट प्रसारण हुन्थ्यो – कार्यक्रम म्युजिक प्लस। कार्यक्रमका निर्माता एवं सञ्चालक थिए जीपी तिमिल्सिना।उनी कार्यक्रमका लागि को- होस्टको खोजीमा थिए।उषा खड्गीले मिस पोखरा १९९९ मा फस्ट रनर्सअपको टाइटल जितिन्। लगत्तै काठमाडौं आइन् मिस नेपालमा सहभागिता जनाउने योजनासहित। ठीक त्यस समय उनलाई म्युजिक प्लस सञ्चालनको प्रस्ताव आयो। अन्तर्वार्ता दिन गइन्। त्यहाँ उनको भेट भयो जीपीसँग।
उक्त अन्तर्वार्तापछि उषा चयन भइन्। यी दुईको सम्बन्ध सहकर्मीका रुपमा शुरु भयो। त्यो सम्बन्ध प्रेममा बद्लिन समय लागेन। वीरगंजकी नेवार समुदायकी उषा र रौतहटका बाहुन परिवारका जीपी दुई वर्ष प्रेम सम्बन्धमा रहे।जीपीले भ्यालेन्टाइन्स डेको दिनमा गुलाफको फूल दिएर प्रस्ताव राखेको बारे उनीहरुले जीवनसाथी नामक कार्यक्रममा बताएका थिए।मिस नेपाल २००० को उपाधि जितिसकेपछि पनि मिडियामा सक्रिय रहिन् उषा।२०५९ को वैशाखमा यो अन्तर्जातीय प्रेम जोडीले विवाह गर्यो। सहकार्यपछिको प्रेम वैवाहिक सम्बन्धमा परिणत भयो।तर, अब १७ वर्षबाट लामो जीपी र उषाको वैवाहिक सम्बन्धमा ब्रेक लाग्ने संकेत देखिएको छ।
उषा खड्गीले शनिबार फेसबुकमार्फत् आफूले वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने जनाउँदै स्टाटस लेखिन्। उनले लेखेकी थिइन्, ‘विवाह भएको १७ वर्षसम्म पनि मैले शारीरिक र मानसिक यातना सहनुपर्छ भने यो सम्बन्धलाई निरन्तरता दिनुको कुनै आधार छैन।’उनले अब आफूले ‘नाइँ’ भन्ने जनाएकी हुन्। उनले फेसबुक पोस्टमार्फत् इमेज टिभीसँगको भिडियो अन्तर्वार्ता पनि सेयर गरेकी थिइन्। उक्त अन्तर्वार्तामा उनी सम्बन्धबारे बोल्दाबोल्दै रोएकी छिन्।