• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन खुल्ला आकाशमुनी पढ्न बाध्य चेपाङ बालबालिका ?


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    ०३ चैत २०७६  – धादिङ : दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ८ दुङवाङमा रहेको जलदेवी आधारभूत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् ।बालकक्षा (इसीडी) देखि ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको ४ कोठे भवन २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि क्षतविक्षत भएको थियो ।भएको एउटै मात्रै भवन पनि भूकम्पका कारण जोखिमपूर्ण भएपछि भूकम्प पछिको आपतकालिन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थायी टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीलाई पठन-पाठन गराइरहेको शिक्षकले बताएका छन् ।

    खुल्ला आकाशमुनी विद्यालयको आगनमै राखेर पढाउँदा पनि बस्ने चकटीसमेत गतिलो नहुँदा ढुङगा तथा पर्खालमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक नन्द बहादुर बोहोराले बताए । उनले भने, ‘विद्यालयको भवन त छ, तर भूकम्पले क्षतविक्षत भएको छ, जीर्ण छ। त्यहाँ राखेर पढाउँदा झन ठूलो दुर्घटना हुने डरले टहरा र आँगनमै राखेर पढाइरहेका छौँ ।’पानी परेको बेला र धेरै घाम लागेको बेलामा बालबालिकालाई अस्थायी टहरा र भूकम्पले चर्काएको भवनको कम क्षति भएको एउटा कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ ।

    कक्षाकोठाको अभावमा बालकक्षा र एक कक्षाका बालबालिकालाई अस्थायी टहरामा एकै ठाउँमा राखेर पढाइदै आएको छ । अस्थायी टहरा बनाएको पनि ४ वर्ष पुग्न लागिसकेककाले बाँसका भाटाहरु भाँचिन थालेका छन् । बार लगाइएको त्रिपालहरु च्यातिइसकेको छ, टहरा पनि हावा र पानीबाट पनि असुरक्षित बनेको छ । विद्यालय डाँडामा रहेकाले चिसो बतास चलिरहदाँ अस्थायी टहरापनि खुल्ला आकास जस्तै भएको शिक्षक विनिता श्रेष्ठले बताइन् ।कक्षा २ र ३ लाई भने पानी नपरेको बेला खुल्ला आकासमुनी राखेरै कक्षा संञ्चालन गर्दै आएको छ ।

    ‘अस्थायी टहरा पाटेसन गरेर सबैलाई छुट्टाछुटटै कक्षामा राखेर पढाउन मिल्ने पनि बनाएका थियौँ, तर २ वटा कक्षाकोठाको आवास मिसिने भएपछि पढाउन झनै समस्या हुन थाल्यो,’ श्रेष्ठले भनिन्, ‘त्यसकारण बालकक्षा र १ कक्षा टहरामा तथा २ र ३ लाइ आगँनमा पढाइरहेका छौँ ।’वडा नं ८ को घाङवाङ र दुङवाङका बालबालिका पढ्न आउने यस विद्यालयमा अध्ययन गर्ने सबै चेपाङ समुदायका बालबालिका छन् । विनाशकारी भूकम्पपछि धादिङ जिल्लाका करिब ७५ प्रतिशत विद्यालयका भवनहरु पुननिर्माण भइसकेका छन् भने बन्न बाँकी रहेका सबै विद्यालयमा पनि भवन निर्माणको प्रक्रिया सुरु भइरहेको जिल्लास्थित आयोजना कार्यान्वय इकाइले बताएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.