• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन पटक पटक अनुहार छोइन्छ ? के यो बानि राम्रो हो


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ३ काठमाडौँ । मानिसलाई जनावरबाट भिन्न बनाउने थुप्रै विशेषता मध्य एक भनेको मानिस बिरामी हुँदा वा कुनै रोग फैलिने स्थितिमा आफ्नो सुरक्षाको लागी चिन्तित रहन्छ ।मानिसले आफुलाई थाहा नभई अनुहार छुने बानी हुन्छ जसले गर्दा कोरोना भाइरस (कोभिड-19) जस्तो रोग फैलिन सजिलो हुन्छ । मानिसहरु किन अनुहार छुन्छन् भन्ने कुरा स्पष्ट छैन तर यस बानीलाई परिवर्तन गर्न सकिन्छ ।

    अनुहार छुने बानी : मानिसले दिनमा कयौं पटक अनुहार छुने बानी हुन्छ । सन् २०१५ मा अष्ट्रेलियाको चिकित्साशास्त्र पढाई गर्ने युवाहरुमा गरिएको एक अध्ययनको अनुसार चिकित्साशास्त्रका विद्यार्थी नै यस बानीबाट बच्न सकेका छैनन् ।चिकित्साशास्त्रका विद्यार्थी यसबाट हुन सक्ने खतराबाट आफुलाई बचाउन सकेनन् । उनीहरुले एक घण्टामा कम्तिमा २३ पटकसम्म अनुहार छोएको थिए । यसमा मुख, नाक र आँखा पनि रहेका छन् ।

    मानिसले किन अनुहार छुन्छन् ? मानिस र केहि अन्य स्तनपान गराउने जीव आफै यस्तो काम रोक्न सक्दैनन् । अनुहार छुने बानी मानिसको विकासक्रमको पाटो रहेको छ । कतिपय जनावर आफ्नो अनुहार छोएर त्यसमा भएको किरा तथा ब्याक्टेरिया हटाउने कोशिश गर्छन् ।आफैलाई छुनाले समस्या उत्पन्न हुन्छ जस्तै हरेक प्रकारको खराब चिजहरु आँखा, नाक र मुख हुँदै मानव शरीरको विभिन्न अंगमा पुग्ने गर्दछ ।

    उदाहरणको लागि कोभिड-१९ संक्रमित व्यक्तिको मुखबाट निस्केको पानीको छिट्टा हुँदै अर्को व्यक्तिमा पुग्दछ र भाइरस रहेको संक्रमित समानबाट पनि भाइरस सर्न सक्छ ।विशेषज्ञहरु अहिले पनि यस भाइरसको नयाँ स्ट्रेनमा अनुसन्धान गरिरहेका छन्, कोरोना भाइरस कुनै निर्जीव वस्तुमा सरेपछि नौ दिनसम्म जीवित हुने बताएका छन् ।

    भाइरसको लामो आयुको कारण खतरा : भाइरस धरै दिनसम्म जीवित हुने कारण आफ्नो अनुहार छुनु निकै खतरनाक रहेको छ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार मानिसले बारम्बार मुख छुने हुनाले माक्स लगाउनुपर्ने हुन्छ, यसले सुरक्षाकवचको काम गर्छ ।कतिपय मानिस यसको केहि जानकारी हुँदैन त्यसैले लगातार हात धुने गर्दा आफ्नो अनुहार छोएपनि किटाणु तथा भाइरस शरीरमा जान सक्दैन ।

    के पन्जा लागाउनु राम्रो विकल्प हो ? पन्जा लगाइराख्नु एक गलत विकल्प हो, यसलाई बारम्बार कीटाणुमुक्त बनाईराख्नु पर्दछ नत्र यो निकै हानिकारक हुन्छ । सबैभन्दा राम्रो विकल्प भनेको हात धुनु नै हो र यसको साथमा सजगता पनि जरुरी हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.