चैत ३, २०७६,काठमाडौं- फ्रान्सेली कम्पनी न्यूरोन मोटर्सले काठबाट इलेक्ट्रिक मोटरसाइकल बनाएको छ। कम्पनीले यो मोटरसाइकललाई ‘उडन इलेक्ट्रिक’ मोटरसाइकल भनेको छ।बजारमा पाइने इलेक्ट्रिक मोटरसाइकल भन्दा यो भिन्न खालको छ। कम्पनीले यो मोटरसाइकलको प्रोटोटाइप गत वर्ष सार्वजनिक गरेको थियो।