• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित


  •     / २०७६, १२ भाद्र बिहीबार १६:२४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    भदौ १२ दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित हुनुभएको छ । दोलखाको सदरमुकाम चरिकोटमा बुधबार आयोजित सन्देशमुलक तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रमको अवसरमा महिला तथा बालबालिकाको क्षेत्रमा रेडियो तथा अन्य संचार माध्यम मार्फत वकालत गरि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रेडियो शैलुङका समाचार प्रमुख तथा पारस्परिक जवाफदेहिता परियोजना दोलखाका सामुदायिक सञ्चारकर्मी विमला बुढाथोकीलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा क्रियाशिल महिला पत्रकार तर्फबाट नै कालिञ्चोक एफएम दोलखाकी समाचार प्रमुख तथा उज्यालो ९० नेटवर्कका जिल्ला संम्बाददाता उषा तामाङ सहित लाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल महिला स्वयंमसेविका, महिला उद्यमी, महिला शिक्षक लगाएतलाई सम्मान गरिएको छ भने नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । भड्किलो हैन सरल तिज मनाऔँ चाडपर्वलाई मितव्ययी बनाऔ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम आयोजक समिति चरिकोट दोलखाले आयोजना गरेको प्रतियोगितामा चण्डिका न्यौपाने र सन्तोेषि न्यौपाने प्रथम हुनुभएको छ भने अल्पाइन पब्लिक स्कुल चरिकोटका विद्यार्थी द्धितिय, किरण र रुपा भुजेल तृतिय र सरस्वति र गिता केसिको समुह सान्तोना हुनुभएको छ । विजयी प्रतियोगिहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ भने सहभागी समुहलाई प्रोत्साहन स्वरुप एक हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा ९ वटा समुहले सहभागिता जनाएका थिए । जिल्ला स्तरिय महिला अधिकार मञ्च दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा भएको प्रतियोगितामा नेकपा प्रदेश नम्बर तिनका सचिव आन्नदप्रसाद पोखरेल, नेकपाका नेतृ देवि खड्का, नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, उपप्रमुख कमला बस्नेत, कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठक, महिलाअधिकार कर्मी रिता रिमाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.