• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित


  •     / २०७६, १२ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    भदौ १२ दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित हुनुभएको छ । दोलखाको सदरमुकाम चरिकोटमा बुधबार आयोजित सन्देशमुलक तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रमको अवसरमा महिला तथा बालबालिकाको क्षेत्रमा रेडियो तथा अन्य संचार माध्यम मार्फत वकालत गरि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रेडियो शैलुङका समाचार प्रमुख तथा पारस्परिक जवाफदेहिता परियोजना दोलखाका सामुदायिक सञ्चारकर्मी विमला बुढाथोकीलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा क्रियाशिल महिला पत्रकार तर्फबाट नै कालिञ्चोक एफएम दोलखाकी समाचार प्रमुख तथा उज्यालो ९० नेटवर्कका जिल्ला संम्बाददाता उषा तामाङ सहित लाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल महिला स्वयंमसेविका, महिला उद्यमी, महिला शिक्षक लगाएतलाई सम्मान गरिएको छ भने नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । भड्किलो हैन सरल तिज मनाऔँ चाडपर्वलाई मितव्ययी बनाऔ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम आयोजक समिति चरिकोट दोलखाले आयोजना गरेको प्रतियोगितामा चण्डिका न्यौपाने र सन्तोेषि न्यौपाने प्रथम हुनुभएको छ भने अल्पाइन पब्लिक स्कुल चरिकोटका विद्यार्थी द्धितिय, किरण र रुपा भुजेल तृतिय र सरस्वति र गिता केसिको समुह सान्तोना हुनुभएको छ । विजयी प्रतियोगिहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ भने सहभागी समुहलाई प्रोत्साहन स्वरुप एक हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा ९ वटा समुहले सहभागिता जनाएका थिए । जिल्ला स्तरिय महिला अधिकार मञ्च दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा भएको प्रतियोगितामा नेकपा प्रदेश नम्बर तिनका सचिव आन्नदप्रसाद पोखरेल, नेकपाका नेतृ देवि खड्का, नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, उपप्रमुख कमला बस्नेत, कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठक, महिलाअधिकार कर्मी रिता रिमाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.