• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

जुन गाउँलाई कोरोना भन्ने थाहै छैन


  •     / २०७६, ३ चैत्र सोमबार ०९:०० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चैत ३ – दोलखा : विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस संक्रमणबारे जानकारी नभएका मानिस अहिले कमै होलान्। दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले भने कोरोना भाइरसबारे थाहा पाएकै छैनन्। महामारी बनेको कोरोनाबारे थाहा नपाएकाले उनीहरू संक्रमण होला भनेर डराएका छैनन् पनि।चीनसँग सीमा जोडिएको दोलखाको उत्तरी विगु गाउँपालिका-१ लामाबगरको सबैभन्दा दुर्गम लुम्नाङ गाउँमा न त मोबाइल फोन नै चल्छ न सञ्चारको कुनै अर्को माध्यम नै छ। करिब २० घरधुरी रहेको लुम्नाङका अगुवा भुजुङ शेर्पाले कोरोनासम्बन्धी प्रश्नमा भने, ‘हामीलाई त थाहा छैन, रेडियो नि सुन्दैन।’ विभिन्न देशमा गरी धेरैको मृत्यु भएको बताएर सोध्दा उनले भने, ‘कोरोना थाहा छैन, डर नि लाग्दैन।’राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध रहेको लामाबगरबाट एक दिन हिँडेर पुगिने लुम्नाङको जनसंख्या मुस्किलले ८० छ। लडेर चोट लाग्नुबाहेक हत्तपत्त रोग नलाग्ने लुम्नाङका आङनुर्बु शेर्पाले बताए।

    ‘त्यस्तो रोग त थाहै छैन’, उनले भने। लुम्नाङमा निकै पहिला विद्यालय थियो, अहिले छैन। त्यहाँका बालबालिका लामा पढ्न विभिन्न गुम्बामा जानुबाहेक अध्ययनको अन्य कुनै सुविधा छैन। अन्यको आवतजावत न्यून हुने सो क्षेत्रमा रोगव्याधी पनि न्यून मात्र लाग्ने गरेको विगु गाउँपालिकाका स्वास्थ्य संयोजक ईश्वर खड्काको भनाइ छ।चीनको कुती पुग्न लुम्नाङबाट पैदल १० देखि १३ घण्टा लाग्ने भएकाले बाहिरका मान्छेसँग भेटघाट हुँदैन। लामाबगर पुग्न पनि त्यति नै समय लाग्छ। चौंरीजन्य उत्पादन र भेडाको घ्यु बेच्ने बेलामा मात्र अन्यत्रका मानिस देख्न पाउँछन् लुम्नाङवासीले। मौसमअनुसार वर्षभरि ६ ठाउँ बसाइँ सरेर चौंरी र भेडा पालेर जीविकोपार्जन गर्ने शेर्पा समुदायको बसोबास रहेको लुम्नाङका बासिन्दा मुस्किलले वर्षमा एकपल्ट लामाबगर वा चीनको कुती पुग्छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    चार सय रुपैयाँले बढ्यो सुनको भाउ
    राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ४. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ५. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.