०३ चैत २०७६ परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी परीक्षार्थीलाई नि:शुल्क मास्क वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले आइतबारबाट सञ्चालन भएको परीक्षामा सहभागी भएका परीक्षार्थीलाई मास्क वितरण गरेको हो ।