चैत ३, २०७६ शिल्पी सिन्हा खासमा झारखण्डमा डाल्टनगन्जबाट सन् २०१२ मा बेंगलुरुमा पढ्न गएकी थिइन् । उनले त्यहाँ शुद्ध गाईको दूध पाउन निकै कष्ट भोक्ष्नु पर्ने भयो । अनि उनले आफैंले गाईको दूध बेच्ने बिजनेस गर्ने निर्णय गरिन् ।तर, महिला तथा कम्पनीलाई एक्लै बनाएकी भएकाले उनले यो क्षेत्रमा काम गर्दा अनेक दुःख भोगिन् । फेरि उनलाई त्यहाँ भाषाको पनि समस्याथियो । तर, उनले किसानसम्म पुग्ने र गाईको दूधको विषयमा कुरा गर्न थालिन् ।सुरुवातमा दूध सप्लाई गर्ने कर्मचारी भेटिनन् उनले । अनि उनी विहान उठेर गाई फर्मसम्म जान थालिन् । आफ्नो सुरक्षाका लागि उनी चक्कू र खुर्सानीको धूलो लिएर जाने गर्थिन् ।
जब उनले आफ्ना ग्राहकको संख्या ५ सय पुर्याइन्, तब मिल्क इन्डिया नामको कम्पनी खोलिन् । अनि उनले पहिलो दुई वर्षमा नै कम्पनीको टर्नओभर एक करोड रुपैयाँभन्दा बढी बनाइन् ।उनको कम्पनीले ६२ रुपैयाँ भारतीय रुपैयाँमा प्रति लिटर गाईको दूध बेच्छ । यस अनुसार दूध पिउने बच्चाको हड्डी बलियो हुने र यसले क्याल्सियम बढाउने उनले बताएकी छिन् । त्यसैले उनले एक वर्षदेखि नौ वर्षसम्मका बालबालिकालाई आफ्नो फोकस बनाएको बताएकी छिन् एजेन्सी