• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कालापानीमा भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता के हुदै छ त् ?


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    ३ चैत, –  कालापानीस्थित नेपाली भूमिमा बसिरहेको भारतीय सेनाको क्याम्प हटाउने संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता भएको चार महिना बितिसकेको छ ।अहिलेसम्म प्रतिनिधिसभाले यो प्रस्ताव पारित गर्ने आँट गर्न सकिरहेको छैन । फागुन २९ गते अन्तिमचोटि यो प्रस्ताव कार्यसूची चढिसकेर हट्यो । संसदको अर्को बैठक चैत ७ गते बस्दैछ । तर, यो संकल्प प्रस्ताव अगाडि बढाउन कसैले आँट गरेको देखिँदैन । कालापानीबाट भारतीय सेना फिर्ता गराउने संकल्प प्रस्ताव सत्तारुढ दल नेकपाकै सांसद खगराज अधिकारीले चार महिना अघि संसद सचिवालयमा दर्ता गराएका हुन् ।

    फागुन २९ गते बैठकको कार्यसूचीबाट संकल्प प्रस्ताव कसको निर्देशनमा, कसरी हट्यो ? यसबारेमा चर्चा गर्नुपूर्व ‘बिरालाको घाँटीमा घण्टी झुण्ड्याउने’ लोक कथाको भाव स्मरण गरौं–बिरालाले असाध्य दुःख दिन थालेपछि एक दिन मुसाहरुको बैठक बसेछ । बिरालाको आक्रमणबाट कसरी मुक्त हुने भन्ने बारेमा बैठकमा छलफल भएछ । अन्ततः बैठकले सर्वसम्मतरुपमा निर्णय गरेछ कि बिरालाको घाँटीमा घण्टी झुड्याइदिने । जब बरालो मुसाको नजिक आउँछ, त्यसबेला घण्टी बजेको आवाज सुनिन्छ र हत्तपत्त मुसाहरु दुलोभित्र पसिहाल्ने ।

    भारतसँग को डराए ? परराष्ट्रमन्त्री कि सभामुख ?

    कालापानीमा रहेको भारतीय फौज फिर्ता गराउने संकल्प प्रस्ताव सरकार र व्यवस्थापिका संसदका लागि बिरालाको घाँटीमा घण्टी झुण्ड्याउनुजस्तै त्रासको विषय बनेको छ । यही डरका कारण संसद सचिवालयमा थाती रहेको संकल्प प्रस्ताव प्रतिनिधिसभामा टेबुल हुन नसकेको हो । फागुन २३ र २९ गते दुईपटक यो प्रस्ताव कार्यसूचीमा चढिसकेर फिर्ता भएको छ ।

    यो प्रस्ताव किन र कसरी फिर्ता भयो ? अनलाइनखबर

    फागन २८ गते बुधबार : गत बुधबार कार्यव्यवस्था समितिमा छलफल हुँदा प्रस्तावक सांसद खगराज अधिकारी र सभामुख अग्नि सापकोटाबीच गर्मागर्मी कुराकानी भयो । अधिकारीले प्रतिनिधिसभामा संकल्प प्रस्ताव प्रस्तुत हुनुपर्ने र आजै परराष्ट्रमन्त्रीले जवाफ दिएर पारित गरिनुपर्ने अडान राखे ।सांसद अधिकारीलाई सभामुख अग्नि सापकोटाले सोधे, ‘तपाईले यसबारे परराष्ट्रमन्त्रीज्यूलाई कन्भिन्स गर्नुभएको छ त ?’

    खगराजले सभामुखलाई भने, ‘कन्भिन्स गरिसकेको छु ।’सभामुख सापकोटाको जवाफ आयो, ‘मन्त्री कन्भिन्स भए मलाई त के भो र, म आजै कार्यसूचीमा राख्दिन्छु ।’परराष्ट्रमन्त्री ज्ञवालीले अनलाइनखबरसँग भने, ‘म दिनभरि बसें । कोरोनाको छलफल हुने दिन नै यो (संकल्प प्रस्ताव) एजेण्डामा थियो । म त्यसैदिन छलफल हुन्छ भनेर बसें । तर, (कोरोनाको) एजेण्डाले धेरै समय खाइदियो ।’
    यो छलफलपछि, फागुन २८ को बैठकको कार्यसूचीमा कोरोना र कालापानीबारे संकल्प प्रस्ताव दुबैलाई चढाइयो ।

    फागन २९ गते बिहीबार : भोलिपल्ट विहीबार कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्तावबारे छलफल हुनुपर्ने थियो । तर, सभामुख सापकोटाले यो प्रस्ताव कार्यसूचीबाटै हटाइदिए । कार्यसूचीमा चढिसकेको संकल्प प्रस्ताव हटाएपछि राजेन्द्र लिङदेनलगायतका विपक्षी सांसदहरुले आलोचना गरे । राष्ट्रवादी भनिएको नेकपाको नेतृत्वले कालापानीबारे संकल्प प्रस्ताव पारित गर्न डराएको भन्दै सरकार र सभामुखको आलोचना भयो ।

     बिहीबार के भयो र संकल्प प्रस्ताव फिर्ता भयो ?

    सभामुखको सचिवालय स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय दिन नसक्ने सभामुखलाई जानकारी गराएपछि कार्यसूचीबाट यसलाई हटाइएको हो ।हामीले यसबारे फेरि मन्त्री ज्ञवालीलाई सोध्यौं– के परराष्ट्रमन्त्रीकै अनुरोधमा संकल्प प्रस्ताव फिर्ता भएको हो ?मन्त्री ज्ञवालीले अनलाइनखबरसँग भने, ‘मैले अलिकति समय दिन नसक्या चाहिँ सही हो । सकिन्छ कि भन्ने थियो, तर टाइम म्यानेज गर्न नसक्या हो । मैले समय मिलाउन गाह्रो हुने भयो भनेर समयको कुरा चाहिँ गरेको थिएँ ।’तर, संसदको बैठकमा हुने छलफलका एजेण्डा तय गर्ने वा झिक्ने भन्ने कुरा संसदको अधिकारको विषय भएको मन्त्री ज्ञवाली बताउँछन् ।

    उनले अनलाइनखबरसँग भने, ‘उहाँ (संसद) हरुको आफ्नो अधिकारको कुरा हो । प्रस्ताव राख्ने, प्रस्तावलाई आफ्नो एजेण्डामा चढाउने, योचाहिँ संसदको आफ्नो प्रशासनिक कार्यभित्र पर्ने कुरा भयो । सरकार जवाफ दिन जहिले पनि तयार छँदैछ ।’तर, प्रतिनिधिसभामा प्रस्तुत भएजस्तै प्रकृतिको संकल्प प्रस्ताव राष्ट्रियसभाले पनि पारित गरिसकेको हुनाले एकै प्रकृतिको प्रस्ताव दुबै सदनबाट गर्न हुन्छ कि हुन्न भन्ने प्रश्न पनि मन्त्री ज्ञवालीले उठाए । अनलाइनखबर बाट 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.