चैत ४, २०७६ काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विगतमा ऋण लिएर तिर्न अटेर गरिरहेका व्यवसायी तथा निजी कर्जा लिएकालाई धमाधम कारवाही शुरु गरेको छ ।बैंकले मंगलबार एक सूचना प्रकाशित गरी १२ व्यवसायीक फर्म तथा ओभर ड्राफ्ट लिएकालाई ३५ दिन भित्र आफूले लिएको ऋण तिर्न आउन भनेको छ । बैंकको सूचना अनुसार कूल २१ करोड ७३ लाख ६९ हजार २८८ रुपैयाँ ऋण उठाउने अभिप्रायले मंगलबार सूचना प्रकाशित गरेको हो ।
बैंकको बालाजु शाखा कार्यालयबाट ऋण लिई काठमाडौं बिजनेश टे«डर्स कम्पनी सञ्चालन गरिरहेको व्यवसायीक फर्मलाई कर्जा तिर्न आउन भनेको छ । सो कम्पनीले ७ करोड १० लाख ३५ हजार र १ करोड सात लाख २५ हजार ऋण लिएको पाइएको छ । यस्तै बैंकको धनगढी शाखा कार्यालयबाट ओभर ड्राफ्ट लिएको सन्ध्या टे«डर्स १ करोड १६ लाख र ८२ लाख ३५ हजार ५०० रुपैयाँ, घर कर्जा लिएको सीताकुमारी शाही १ करोड २४ लाख ८७ हजार, करुणा स्टोर ५६ लाख ९० हजार, रिडल टे«डर्स एण्ड शु मेटरियल्स २३ लाख ४ हजार, दीप्ती सपिङ ७४ लाख ६१ हजार २००, र ९३ लाख ७१ हजार ३०० रहेका छन् ।