• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस्तो बन्‍नेछ नेपालकै नमूना लुम्बिनी प्रादेशिक अस्पताल


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत ४, २०७६ बुटवल-प्रदेश सरकारले गौरव र नेपालकै नमूना आयोजनाका रुपमा प्रस्तुत गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार पारेको छ। साविकको लुम्बिनी अञ्चल अस्पताल प्रदेश मातहत आएपछि यसलाई नमूना र स्तरीय अस्पतालका रुपमा विकास गर्न गुरुयोजना तयार पारिएको हो।प्रदेश सरकारले करिब १४ अर्ब लागतमा अत्यधुनिक अस्पतालको भवन निर्माणको गुरुयोजना तयार पारेको छ। यो गुरुयोजनाको डिजाइन हेर्दा यसले प्रदेश ५ मात्रै होइन, नेपालकै विकास आयोजनामा नयाँ सन्देश दिनेछ।

    मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको गौरव र नेपालकै मोडलका रुपमा प्रस्तुत गर्नेगरी निर्माण गर्ने सोँचमा रहेको जानकारी दिए। उनका अनुसार परम्परागत निर्माणको शैली परिवर्तन गरी ठूला संरचना निर्माणतर्फ निजी क्षेत्रले समेत साथ दिने बेला आएको छ। प्रदेश मातहतमा आएपछि माघमा अस्पतालको वरिपरि रहेका ७४ वटा सटरबाट व्यवसायीलाई हटाएको थियो।गुरुयोजनाअनुसार भूमिगत २ तलासहित दशौं तलाको अस्पतालको मुख्य भवन बन्नेछ। जसमा सय शैय्या हुनेछन् भने प्रसुती तथा बाल वार्ड, क्यान्सर वार्ड गरी ५ सय शैय्याको गरी १२ सय शैय्याको मुख्य भवनको गुरुयोजनामा प्रस्ताव गरिएको छ।

    मुख्य भवनको अण्डरग्राउण्डमा १ सय ५८ वटा कार, जिप र १ सय २२ वटा मोटरसाइकल राख्न मिल्नेगरी पार्किङ बनाइनेछ। क्यान्सरका बिरामीलाई उपचार गर्दा रेडिएसन बाहिर नजाने गरी बंकरको समेत डिजाइन गरिएको इञ्जिनियर विष्णु पन्थीले बताए। प्रदेश सरकारले गुरुयोजना निर्माणको जिम्मेवारी प्रादेशिक योजना आयोगलाई दिएको थियो। इञ्जिनियर पन्थीले गुरुयोजना अनुसार नेपालकै एउटा नमूना अस्पताल बनाउनेगरी डिजाइन भएको छ। अस्पतालभित्र सुन्दर बगैँचा र सडकबाट अत्यधुनिकरुपमा निर्माण गरिने पर्खालसहितको आर्कषक भवनले बुटवलकै सुन्दरता थप्नेछ।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.