चैत ४, २०७६ पछिल्लो महिना काठमाडौं उपत्यकामा विभिन्न ४० प्रकारका तरकारीको भाउ घटेको छ ।गत फागुन ५ गतेदेखि चैत ४ सम्मको अवधिमा अधिकांश तरकारीको भाउ सस्तो भएको हो ।यो अवधिमा सबैभन्दा धेरै सुकेको नेपाली लसुनको मूल्य ३८ प्रतिशत र हरियो धनियाको मूल्य ३५ प्रतिशतले घटेको छ ।एक महिना अघि ५७७ पुगेको लसुनको मूल्य अहिले ३५५ मा र धनियाको ८५ बाट ५५ प्रतिकेजीमा झरेको छ ।त्यस्तै बकूला १२५ बाट ८५, लोकल काँक्रो १५५ बाट १०५, हरियो डल्लेफर्सी ६५ बाट ४५, हरियो प्याज १३५ बाट ९५, मूला ३५ बाट २५ मा झरेको कालिमाटी तरकारी बजारले जनाएको छ ।