२०७६ चैत ५-नायक सलमान खानको चलचित्रमा विशेषगरि सोनाक्षी सिन्हा र कट्रिना कैफ नायिकाको रुपमा देखिन्छन् । तर, अब सलमान भने नयाँ नायिकासँग काम गर्ने तयारीमा लागेका छन् । सलमानले अब नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्दैछन् । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रका लागि नायिका पूजा हेड्गेलाई फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, सलमानको नयाँ चलचित्रका लागि पूजालाई निर्माताले ‘हाउसफूल ४’को भन्दा ४ गुणा बढी पारिश्रमिक पाएकी लिएकी छिन् । निर्माता नाडियाडवालाले पूजाको लोकप्रियतालाई हेरेर महंगो पारिश्रमिक दिएको बताइएको छ ।