• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस्ता छन २०२० का उत्कृष्ट एन्ड्रोइड एपहरु


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

     ५ चैत, २०७६- विश्वमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ । विश्वमा आइफोन भन्दा एन्ड्रोइड फोन मान्छेले बढी प्रयोग गर्छन् । सायद आइफोन महंगो भएर पनि होला ।एक दशक अगाडी एन्ड्रोइड एप खासै प्रयोग हुदैन्थ्य । गूगलले सन् २००८ मा प्ले स्टोरमा ५० वटा एन्ड्रोइड एप सार्वजनिक गरेको थियो ।

    टिकटक- २०१६ मा सार्वजनिक भएको टिकटकमा भिडियो सेयरिङ गर्न मिल्छ । गत वर्षको नोभेम्बरमा १.५ बिलियनले टिकटक एप डाउनलोड गरेका थिए ।टिकटक सन् २०१९ मा धेरै डाउनलोड हुने ननगेमिङ एपमा तेस्रो नम्बरमा पर्छ ।

    ग्लिच भिडियो इफेक्ट – यो एउटा भिडियो इडिटिङ गर्ने एप हो । यस एपमा रेट्रो भीएचएस, क्रोम, आरबीजी, नोइज, मिरर, स्याडो लगायतका एकसय भन्दा धेरै इफेक्टहरु उपलब्ध छन् ।यो एप गूगल प्ले स्टोरको बेस्ट एप २०१९ मा पर्न सफल भएको छ ।

    गुगल स्टाडिया – गुगल स्टाडिया गुगलले निर्माण भिडियो गेम स्ट्रीमिङ एप हो । जसलाई मोबाइल, ल्यापटप, डेस्कटप तथा टीभीमा पनि प्रयोग गर्न सकिन्छ ।यो एप प्ले स्टोरबाट निशुल्क डाउनलोड भएपनि यो भित्र भएका गेमको लागि भने निश्चित रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

    कल अफ डिउटी – कल अफ डिउटी एउटा गेमिङ एप हो । यो एप गत अक्टुवरमा सार्वजनिक भएको थियो । यो गेम मोबाइलमा निशुल्क खेल्न सकिन्छ ।यो गेम खेल्नको लागि इन्टरनेटको आवश्यकता पर्दछ । यो एप सार्वजनिक भएको एक हप्तामा एकसय मिलियन भन्दा धेरै डाउनलोड भएको थियो ।

    डिस्ने प्लस – डिस्ने प्लस एउटा स्ट्रीमिङ सेवा प्रदान गर्ने मोबाइल एप हो । जुन सन् २०१९ को नोभेम्बरमा सार्वजनिक भएको हो । यसमा एक महिनाको स्ट्रिमिङ सेवा लिनको लागि ७ डलर शुल्क तोकएको छ ।यो एप सार्वजनिक भएको पहिलो दिनमै दश मिलियनले सेवा प्रयोग गरेका थिए । यसमा पाँचसय मुभिज र सातहजार पाँचसय टिभी सो हरु छन् ।

    गुगल म्याप – गूगल म्यापले विभिन्न क्षेत्रहरुको नक्साको बारेमा जानकारी दिन्छ । यसमा २ सय २० भन्दा बढी देशका क्षेत्रहरु र लाखौंको संख्यामा विजनेश तथा ठाउँहरु नक्सामा आवद्ध छन् ।

    अब्लो- अब्लो एउटा च्याट गर्न मिल्ने एप हो । यसबाट विश्वभरका नयाँ साथिहरुसँग कुराकानी गर्न, साथि बनाउन र भिडिओ कुराकानी गर्न सकिन्छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.