• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एक्कासि घट्यो रेमिट्यान्सको मूल्य


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत ५ – मूल्य वृद्धि आकासिने क्रम थप बढेको छ। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मुद्रास्फीति ६.८७ प्रतिशत पुगेको छ। ६ महिनाको अवधिमा मुद्रास्फीति ६.८२ प्रतिशत थियो। केहि महिनादेखि लगातार मूल्य बढिरहेको छ। खाद्यान्न तथा पेय पदार्थको मूल्य पनि बढिरहेको छ।माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोहि महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयर पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ।मुल्य वृद्धि सबैभन्दा धेरै उपत्यकामा रहेको छ।

    विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ। गत महिनामा रेमिट्यान्सको आप्रवाह ०.९ प्रतिशतले मात्रै सुधार भएको थियो। गएकाे महिनामा विप्रेषण आप्रवाहको वृद्धिदरमा मात्रै गिरावट आएको थियो। तर यस पटक भने विप्रेषण आप्रवाह नै घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु २१ अर्ब ६१ करोड बचत देखिएको छ। हाल नेपालमा विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ। उक्त सञ्चिति ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।आर्थिक वर्ष २०७६/०७७ मा नेपाल राष्ट्र बैंकले गरेको ७ महिनाको समीक्षामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ।विप्रेषण घटेर यो अवधिमा ५१३ अर्ब २१ करोड कायम भएकोछ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो।विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै ०.५ प्रतिशतले रेमिट्यान्स घटेको अनुमान गरिएको छ। विप्रेषण घटे पनि समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २१.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोह अवधिमा यस्तो संख्या ३७।५ प्रतिशतले घटेको थियो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.