चैत ५, २०७६ काठमाडौं – कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १६५ देशमा कोरोनाको संक्रमण फैलिएको छ । भारतमा पनि कोरोनाका संक्रमित बिरामी बढिरहेका छन् । कोरोनाकै कारण भारतमा रिलिज हुन लागेका र शुटींग भइरहेका फिल्महरु रोकिएका छन् ।कोरोनाको त्रास हुदै गएपछि यसबाट बच्न बलिउडका कलाकारहरुले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफू क्वारेन्टाइनमा भएको बताएका छन् । त्यस्तै अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफु घरमै भएको बताएकी छिन् ।