चैत्र ५,२०७६ अस्पतालमा सहयोग सामग्री हस्तान्तरण जिल्ला अस्पताल बिजुवार प्युठानमा नेपाली काँग्रेसका नेता एवं भूकम्प प्राधिकरणका पूर्वसिइओ डा गोविन्दराज पोख्रेलको पहलमा अस्पतालका बिरामीका लागि सामग्री सहयोग गरिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गर्नुभएको हो । चौधरीले सहयोग गरेका सामग्रीलाई आज पोख्रेल, प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलगायतको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताल आएका बिरामीका लागि सहयोग पुग्ने उद्देश्यले ३५ थान म्याटिक्स, ३५ थान कम्मल, ७० थान बेड सिट, ३५ थान सिरानी, गरी करिब र तीन लाख बराबरको सामग्री अस्पतालका निमित्त सुपरिटेन्डेन डा अमृत पन्थीलाई पहलकर्ता डा पोख्रेलले हस्तान्तरण गर्नुभएको हो । रासस