
चैत ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ । विशिबार डलर एकको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा थियो ।
युरो एकको खरिददर १२८ रुपैयाँ ७० र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १३९ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।।