चैत ७,२०७६ प्युठान अनेरास्ववियू र ने.वि.संघद्वारा बसबाट खसेर विद्यार्थीको मृत्यु भएको घटनाको छानविनको माग प्युठान नगरपालिका- ६ स्थित धर्मावती मा.विमा कक्षा १० मा अध्ययनरत रिमा भण्डारी एसईई परिक्षाको निम्ती पुण्यखोला मिलनचोकदेखि बाग्दुला जाने क्रममा गौमुखी स्वर्गद्वारी यातायात प्रा.लि.को रा ३ ख ३८८३ नंं. को गाडी स्टापको चरम लापरवाहिको कारणले गत चैत्र ४ गते बसको ढोकाबाट खसि गम्भिर घाइते भई उपचारको क्रममा चैत्र ६ गते निधन भएको हुँदा अनेरास्ववियू र ने.वि.संघको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जनाएको छ ।
यातायात व्यावसायीहरुको लापरवाहि तथा यस प्रकारको रवैयाले आज विद्यार्थी रिमा भण्डारीको निधनले जिल्लाका यातायातहरु चरम लापरवाहि ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको छ भने भण्डारी जस्ता दर्जनौं विद्यार्थिहरुको प्युठान जिल्लामा मृत्यु भएको विज्ञप्तीमा भनिएको छ । त्यसैले प्रशासन तथा जिल्लाका सरोकारवाला पक्षहरुले यस घटनाको निष्पक्ष छानविन गरी पिडित पक्षलाई कानुनी राज्यको आभाष गराउनु प्रशासनको दायित्व हो ।
हाम्रो संगठन अनेरास्ववियू र ने.वि.संघ यस घटनाको निष्पक्ष छानविन गरी पिडित पक्षलाई क्षतिपुर्ति दिलाउन समेत सचेत गराउँदछौं । साथै मृतक रिमा भण्डारी प्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।