• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानका विभिन्न स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण


  •     / २०७६, १२ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत १२,२०७६ प्युठान यतिबेला नोवेल कोरोना (कोभिड–१९) को सङ्क्रमणले विश्व महामारीको रुप लिएको छ। सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहले क्वारेन्टाइन कक्ष बनाउन थालेका छन् । सङ्क्रमणको पूर्व तयारी गर्दै स्थानीय तहले क्वारेन्टाइन कक्ष निर्माण गर्न लागेका हुन् ।

    प्यूठान नगरपालिकाले १२ वटा वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।प्यूठान नगरपालिकाले विजुवारस्थित कालिका विकास केन्द्र नेपालको सभाहलमा १२ बेडको क्वारेन्टाइन तयार पारेको छ । यो सँगै नगरपालिकाले वडा नम्बर ४ स्थित खेलकुद मैदान पारीपट्टी बाझोबारीमा २५ बेड र पूण्यखोलास्थित खेलकुद कवर्ड हलमा १० बेड क्षमताको अरु क्वारेन्टाइन निर्माण प्रक्रिया अघि बढाएको छ ।

    माण्डवी गाउँपालिका –३ स्थित भवानेश्वरी आधारभुत विद्यालयमा १० वेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकाले विपदको पुर्व तयारी अन्र्तगत कक्ष निर्माण गरिएको जानकारी दिनुभयो ।

    त्यसैगरी झिमरुक गाउँपालिकाले बाल शिक्षा माविमा पाँच वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय प्यूठानले महिला तथा बालबालिका सेवा केन्द्रको भवनमा सात वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको जनाएको छ ।

    मल्लरानी गाउँपालिकाले गाउँपालिका स्थित वडा नं. ४ खलंगामा साविक महिला तथा बालालिका कार्यालय प्यूठानको भवनमा १० जना व्यक्ति राख्न सक्ने क्वारेन्टाइनको तयार गरेको छ ।

    जिल्लामा स्थानीय तहले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने र उनीहरुलाई घरमै बस्न आग्रहसमेत गरेका छन् । लक डाउनको पूर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध समेत गरेको छ । खाद्यान्न, औषधी उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.