सृजना सेन
प्यूठान, चैत्र १५
धादिङमा भेटिएका कोरोना संक्रमितसँगै नेपाल आएका दुई जना प्यूठानको भएको पाइएको छ । दुवैबाट नेपाल आएका उनीसँगै प्यूठान नगरपालिकाका दुई जना व्यक्ति पनि आएको पाइएको हो । दुवै जना करिव २५ वर्ष उमेरका छन् । दुबै जनालाई कुनैपनि लक्षण भने नदेखिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । दुवै जना यूवाको परिवारका सदस्यलाई समेत होम क्वारेनटाइनमा बस्न अनुरोध गरिएको कक्षपतिले जानकारी दिनुभयो । दुवै जना युवकको परिवारलाई घरमै पुगेर भेटेर सम्झाएको उहाँले बताउनुभयो ।
धादिङका संक्रमितसँगै आएका दुई जना प्यूठानका
धादिङका संक्रमितसँगै आएका दुई जना प्यूठानका
तपाईको प्रतिक्रिया