प्युठान, चैत्र १६
प्युठान नगरपालिका २ स्थित स्थानिय युवा टोल समाज सुधार समिति (आरनेटा झारिवाङ) ले अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएका छ ।
विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरु मिलेर गाँउ प्रवेश गर्ने र गाँउ भएर जाने सडकमा बाँस तेर्साएर अपरिचित व्यक्तिलाई प्रवेश निषेध भन्दै माइकिङ गर्दै हिडेको समितिका अध्यक्ष झग बहादुर जिसि जानकारी दिएका छन् ।
युवाहरुले उक्त टोलमा कोरोनाबारे जानकारी दिदै यसका लक्षण तथा बच्ने उपायबारे समेत सचेतना फैलाइरहेको अध्यक्ष बताए ।
साथै उक्त टोलका बासिन्दालाई टोलभन्दा बाहिर जाँदा र आउँदा हात सफा गर्नको लागी पानी र सावुनको पनि व्यवस्था गरिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि गाउँ टोल बस्तीका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिएको स्थानिय युवा अध्यक्ष जिसिले बताए ।
सरकारले हाम्रै स्वास्थ्यलाई ख्याल गरेर हिड्डुल गर्न रोक लगाएको हो । कोरोनाबाट बच्न ‘हामीले पनि आफ्नो स्तरबाट सावधानी अपनाउन र निगरानी गर्नु आवश्यक छ’ जिसिले बताए ।
सरकारले देशलाइ लकडाउन गरेसँगै सहरको बाटो हिड्डुलमा प्रतिबन्ध गरेसंगै गाउँको बाटो प्रयोग गरि क्वाडि–वर्जिवाङ–भिगृ आवतजावत वढेपछि स्थानिय युवाहरुले यस्तो कदम चालेका हुन् । उक्त नियमको उल्लङघंन गरेमा प्रशासनको जिम्मा लगाइने अदक्ष्यले जानकारी दिए ।