काठमाडौ, चैत्र १६
कोरोना भाइरसविरुद्धको अभियानमा
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा ‘पीएम–केयर्स–फण्ड’ मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य सङ्घले शनिबार भारतको प्रधानमन्त्री सुरक्षा कोषमा ५१ करोड भारतीय रुपैयाँ जम्मा गरेका भारतिय सन्चार माध्यमले जनाएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म एक हजार २९ जनामा सङ्क्रमण देखिएको छ भने २५ जनाको ज्यान गएको छ ।