चैत १९, २०७६ काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने हुनुभएको छ ।
आज विज्ञप्तिमार्फत पूर्वराजपरिवार आवद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।