• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सांसद ढकालले वितरण गरे सैनामैना, कञ्चन र गैडहवा स्वास्थ चौकीमा सुरक्षा सामाग्री


  •     / २०७६, २१ चैत्र शुक्रबार प्रकाशीत

  • Advertisement

    २१ चैत्र,रुपन्देही
    रुपन्देही क्षेत्र नं. ५(क) प्रदेश ५ का सांसद भुमिश्वर ढकालले रुपन्देहीका बिभिन्न स्वास्थ्यचौकीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री पि.पि.ई. बितरण उपलब्ध गराउनु भएको छ।सांसद ढकालले बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९को सम्भाबित संक्रमणलाई रोकथाम गर्न देशभरका बिभिन्न स्थानहरुमा तयार गरिएको अस्थाई क्वारेन्टाइनमा खटिरहने स्वास्थ्यकर्माीहरुको स्वास्थ्य सुरक्षाका लागि ब्यक्तिगत सुरक्षा सामाग्री बितरण गरिएको हो ।


    बिशेषगरी सम्भाबित संक्रमण भएका ब्यक्तिहरुको नियमित उपचारमा खटिनु पर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्नु कर्तब्य भएकोले थोरै भएपनि सुरक्षा सामाग्री बितरण गरिएको सांसद ढकालले बताउनु भएको छ । सांसद ढकालले ब्यक्तिगत खर्चमा सैनामैना नगरपालिका वार्ड नं. १० को सालझण्डी स्वास्थ्यचौकी,सैनामैना ६ दुग्धराक्ष स्वास्थ्यचौकी,कञ्चनको रुद्रपुर स्वास्थ्यचौकी र गैडहवाको सूर्यपुरा स्वास्थ्यचौकीमा ब्यक्तिगत सुरक्षा सामाग्री (पि.पि.ई.),सेनिटाइजर लगायत सामाग्री उपलब्ध गराउनु भएको हो ।


    स्थानिय सरकारकाका रुपमा रहेका नगरपालिका र गाउपालिकाका प्रमुखहरुलाई पि.पि.ई सामाग्री प्रदान गर्दै सांसद ढकालले महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणले बिश्वलाई नै संकट पारिरहेको यो संकटमा सबैले सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभएको छ।यदी हामीले आफुले आफुलाई सुरक्षित बनाई घरमै क्वारेन्टाइनमा बसे हाम्रो देशबाटै कोरोनाको संक्रमणबाट जोगाउन सकिने सांसद ढकालले बताउनु भएको छ । म आफ्नो क्षेत्रका जनताप्रति सचेत भएको र आम जनताको सेवा गर्ने स्वास्थ्यकर्मीहरुको यतिबेला निकै जोखिम बन्ने भएकोले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि सुरक्षा सामाग्री आफ्नै खर्चमा भएपनि समयमै उपलब्ध गराउने प्रयत्न स्वरुप सामाग्री बितरण गरेको बताउनु भएको छ ।

    यस्तै माननीय भुमिश्वर ढकाल ले कञ्चन रहेको क्वारेन्टाइन र गैडहवा गाउँ पालिकामा रहेको क्वारेन्टाइन को समेत अनुगमन र क्वारेन्टाइन मा बसेका लाई नआतिन र स्वास्थ क्रमिलाइ ढुक्कसँग काम गर्ने अनुरोध गर्नु भो सबै सचेत हुनुपर्छ भन्दै विभिन्न ठाउँमा राहत वितरण समेत उहाले गरिव दुखिर बिहान काम गरेर साझ खाने ले मात्रै राहत पाउन भन्दै स्थानीय सरकार का जनप्रतिनिधि हरुलाइ र टोल संस्था का अध्यक्ष हरुलाइ समेत जागरुक बनाउनु भयो
    कार्यक्रममा सैनामैना नगरपालिका वार्ड नं. ६ र १० का वडा अध्यक्ष,गैडहवा र कञ्चन गाउपालिकाका अध्यक्ष,स्थानिय राजनैतिक दलका प्रतिनीधि र सम्बन्धित स्वास्थ्यचौकीकाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.