• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा सहयोग गर्ने दाताहरु बढदै


  •     / २०७६, २२ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    उर्मिला यादव सुनवल, चैत्र २२ विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा सहयोग गर्ने दाताहरु बढदै गएका छ्न । नगरपालिकाले स्थापना गरेको राहत कोषमा अहिलेसम्म लगभग २५ लाख भन्दा बढी रकम जम्मा भएको सुनवल नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत रामलाल श्रेष्ठले बताउनु भएको छ ।

    उहाले अहिलेसम्म सबै भन्दा बढी सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्धार विशेष राहत कोषमा जम्मा गरेको बताउनु भएको छ। नगर प्रमुख थापाले ३ महिनाको तलबभत्ता बापतको १ लाख ३ हजार र आफ्नो व्यवसायिक फम तिरुपति निर्माण सेवा तथा सप्लायर्सका अध्यक्षको नाताले रु २ लाख ५१ हजार रुपैया राहत स्वरुप प्रदान गर्नु भएको छ ।

    यसैगरी, नगरपालिकाले स्थापना गरेको राहत कोषमा सम्पूर्ण जनप्रतिनिधिबाट ४ लाख ११ हजार , व्यक्तिगत सहयोगी दाताहरूमा नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति अर्जुनकुमार पोखरेलले १ लाख १७ हजार रुपियाँ सहयोग गर्नु भएको श्रेष्ठले जानकारी दिनु भएको छ। त्यस्तै, नगरपालिकाका कर्मचारीबाट १ लाख २५ हजार, नगर क्षेत्रका शिक्षकहरूबाट ३ लाख २ हजार लगायत ३५ वटा विभिन्न संघसंस्था र व्यक्तिबाट कोषमा रकम जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भयो।

    येस्तै गरि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेषकोषमा जम्मा हुने गरि श्री स्वस्तिक सहकारी संस्था लि.¸ सुनवल १२, भुमहीले रु १७ हजार ५ सय सहयोग प्रदान गरेको छ । स्वस्तिक सहकारी संस्था लि.¸ सुनवल १२, भुमहीले उक्त सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्याललाई सो सहकारीका अध्यक्ष बसन्त सुबेदी सहितका पदाधिकारीहरुले आज हस्तान्तरण गर्नु भएको हो ।

    यस्तै गरि दैवी प्रकोप उद्दार विशेषकोषमा जम्मा हुने गरि श्री मध्य नेपाल यातायात प्रा. लि.ले रु. २१हजार ,१सय ११रुपैया सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा छेत्री तथा उप–प्रमुख दधिराम अर्याल लाई सो संस्थाका अध्यक्ष ऋषिराम पौडेल तथा सस्थाका कोषाध्यक्ष निर्मल चापागाईं सहितका पदाधिकारीहरुले सो रकम हस्तान्तरण गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भएको हो ।

    येस्तै गरि दैबी प्रकोप उद्वार विशेष कोषमा सुनवल न.पा.वडा नं. ४ निवासी समाजसेवी तथा काइला इन्टरप्राइजेजका प्रोप्राइटर हरि बहादुर भण्डारीले आज रु.५१ हजार रुपियाँ सुनवल नगरपालिकाको विशेष कोषमा जम्मा हुने गरि सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाइ हस्तान्तरण गर्नु भएको छ ।

    येस्तै गरि पश्चिम नेपाल ट्रक व्यवसायी संघका सेक्टर उपाध्यक्ष तथा सुनवल ढुवानी सेवाका प्रोपराइटर खिम बहादुर थापा( नारायण )ले आफ्नो तर्फबाट रु २५हजार ,५सय ५०रुपियाँ सहयोग प्रदान गर्नु भएको छ । उहाँले उक्त सहयोग रकम सुनवल नगरपालिकाका नगर प्रमुख थापालाई आज हस्तान्तरण गर्नु भएको हो ।

    येस्तै गरि हरेक दिन कोषमा जम्मा गर्ने संघसंस्था र सहयोगी दाताहरू आउने गरेको नगरपालिकाले जनाएको छ । कोषमा जम्मा भएको रकम कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.