• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल भर्मर्ण वर्षा -२०२० को भब्य शुभारम्भ हुदै ।


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

     

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने र सोहीअनुसार आफूहरुले तयारी गरेको पनि उनले स्पष्ट पारेका छन् ।

    शुक्रबार भएको रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रमण वर्ष-२०२० सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा ५–६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाइ भए पनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने, “म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।”

    उनले भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रबन्ध गरिएको स्पष्ट पारे । अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याइएको यो वर्ष १५ करोड बजेट छुट्याइएको उनले सुनाए । उनले भने, “भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।”

    त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढी देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको पनि जनाए । उनले भने, “हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु ।”

    प्रत्येक देशबाट ठूलो संख्यामा नेपाल भ्रमणको लागि पर्यटकहरु पठाउनको लागि पनि आफूहरुले परराष्ट्र मन्त्रालयको सहयोगमा निर्देशन दिइसकेको उनको भनाइ छ । उनले भने, “अब पर्यटन, विकास र आर्थिक कूटनीतिलाई बढावा दिनुपर्छ । नेपालमा लगानी भित्र्याउनको लागि विदेशमा रहेका हाम्रा नेपाली राजदुतहरुले विशेष भूमिका खेल्नुपर्छ । कुन देशबाट नेपाल भ्रमणमा बढी पर्यटकहरु आउनुहुन्छ, त्यो हेरेर हामी ती देशमा रहेका हाम्रो राजदूतहरुलाई पुरस्कृत पनि गर्छौं ।”

    उनले पर्यटन पूर्वाधारको लागि पनि सरकारले विशेष महत्व दिएर काम गरिरहेको बताए । उनले भने, “पर्यटन प्रवर्द्धनअन्तर्गत हाम्रो मन्त्रालयले गर्ने काम भनेको नै विमानस्थलको निर्माण र विस्तार, सेवासुविधा विस्तार गर्ने पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवालाई प्रोत्साहन गर्ने हो, यी काम हामीले अहिले द्रुत गतिमा गरिरहेका छौं । अब केही महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ। अब यो अन्तिम तयारीमा छ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.